देवकोटाको कारबाहीपछि यही गठबन्धन कायम रहे पाण्डे नेतृत्वको सरकार ढल्दैन

देवकोटाको कारबाहीपछि यही गठबन्धन कायम रहे पाण्डे नेतृत्वको सरकार ढल्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले नेसपा नेता तथा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई कारबाही गरिएको जानकारी गराएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकार ढल्छ कि के हुन्छ ? भन्ने धेरैको चासो देखिन्छ । हुन पनि बल्ल बल्ल ३१ मत पु¥याएर सरकार बचाएका पाण्डेको पद के हुने भन्ने स्वभाविक हो ।

तर, नेकपा माओवादी केन्द्रको सिफारिसमा देवकोटाको सांसद् पद नरहेको जानकारी सभामुख धितालले सभामा जानकारी गराए पनि पाण्डे नेतृत्वको सरकार यही गठबन्धन कायम रहे ढल्दैन ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते ३१ सांसदको समर्थन पाएर विश्वासको मत पाएका थिए । विश्वासको मत पाउन ३१ सीट अनिवार्य थियो ।

अब देवकोटाको निलम्बनले प्रदेशसभामा ५९ सांसद कायम भएका छन् । पुनः पाण्डेले विश्वासको मत ३० दिनभित्र लिनुपर्छ । तर, अब बहुमतका लागि ३० सीट भए पुग्छ ।

निलम्बनपछि सांसद संख्या ५९ भएको र त्यसको बहुमत ३० हुने व्यवस्था छ । पाण्डेले विश्वासको मत लिँदा अहिलेका समर्थकहरु एकै ठाउँमा रहे उनले विश्वासको मत पाउने निश्चित छ ।

पाण्डेलाई राप्रपाका २, स्वतन्त्र सांसद १ र फणीन्द्रले मत दिएका थिए । यही गठबन्धन कायम रहे उनको सरकार ढल्दैन ।

यदि तलमाथि भए पाण्डे सरकार ढल्छ र संविधानको धारा १६८ (५) बमोजिम सरकार गठन हुन्छ ।

धितालले शुक्रबारको प्रदेशसभा बैठकमा ह्वीप उलंघन गरेको कारण माओवादीको सिफारिसका आधारमा देवकोटामाथि कारबाही भएको पत्र प्राप्त भएको जानकारी गराएका हुन् ।