काठमाण्डु- एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा सुरेन्द्र पाण्डे सहभागी भएका छन् । बिहीबारको बैठकमा नेता पाण्डे र यागेश भट्टराई अनुपस्थित भएका थिए ।
तर आजको बैठकमा भने नेता पाण्डे सहभागी भएका हुन् । पीएसओलाई कोरोना पुष्टि भएको र आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बिहीबारको बैठकमा सहभागी हुन नपाएको पाण्डेले बताएका थिए । आजको बैठकमा पनि नेता भट्टराई भने अनुपस्थित छन् ।
आजको बैठकमा केन्द्रीय सदस्यहरुका सुझाव लिइने स्रोतले जनाएको छ । बिहीबारको बैठकमा धारणा राखेका एक दर्जन केन्द्रीय सदस्यबाट पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव आएको थियो ।
बैठकलाई माधव नेपालले सम्बोधन गरेपछि भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी केन्द्रीय सदस्यहरूलाई गराएका थिए । रावलले १० बुँदे सहमतिले पार्टी एकताको आधार तय गरेको भन्दै यसलाई सामान्यरूपमा नलिन आग्रह गरेका छन् ।




प्रतिक्रिया