सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वोच्च जाँदै

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वोच्च जाँदै


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाँदै छन् ।

आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा संसद भंग गरेपछि उक्त निर्णय विरुद्ध नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरु सोमबार सर्वाेच्च अदालत जाने तयारी गरेको सुरेन्द्र पाण्डेले जानकारी दिए ।

सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वाेच्चमा रिट दायर गर्ने तयारी गरेका छन् । नेकपाकै सांसदहरु सरकारको यो कदमको बिरोधमा उत्रिएका छन् भने सोमबार यस विषयमा नेकपाको छुट्टा छुट्टै गुट र अन्य पार्टीको समेत बैठक चलिरहेको छ ।