सर्लाही कांग्रेस सभापति सिंहले दिए राजीनामा

सर्लाही कांग्रेस सभापति सिंहले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले शुक्रबार आफ्नो राजीनामा बुझाएका हुन्।

२०५६ सालमा कांग्रेसमा प्रवेश गरेका सिंह दुई कार्यकाल उपसभापति भइसकेका थिए। २०७८ साल फागुन २९ गतेदेखि उनी सर्लाही कांग्रेसको सभापति बनेका थिए। तर, उनीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनले पद त्याग गरेका हुन्।

राजीनामा पत्रमा सिंहले लेखेका छन् ‘माथि परेको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई स्वीकार गर्नु मेरो कर्तव्य हो। तर, उक्त फैसला अन्यायपूर्ण भएको मेरो ठहर छ। म न्यायिक र कानुनी लडाइँ जारी राख्नेछु, साथै राजनीतिक यात्रापनि निरन्तर रहनेछ। यद्यपि अदालतको फैसला, नेपालको कानुन र पार्टीको विधानअनुसार अब म सभापतिको जिम्मेवारीमा रहिरहन सक्दिन।’