काठमाण्डु – अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा तेह्रथुमका उप्रेतीलाई नियुक्त गरेको हो । अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा उनलाई राज्यमन्त्रीसरहको सल्लाहकारमा नियुक्त गरिएको हो ।
कर्णाली प्रदेश सरकारको आर्थिक विज्ञका रूपमा काम गरिसकेका उप्रेतीले अर्थतन्त्रलाई विश्व व्यापार संगठनमा लैजाँदा त्यसले बढाउने लागत र पार्ने प्रभावका विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।
उनी यसअघि जनार्दन शर्मा उर्जामन्त्री हुँदा विद्युत् उत्पादन कम्पनीको विज्ञ संचालकमा नियुक्त भएका थिए ।




प्रतिक्रिया