अपहरणको आरोपमा महेश बस्नेतसहित पूर्वआईजीपीविरुद्ध जाहेरी दिने समाजवादीको तयारी

अपहरणको आरोपमा महेश बस्नेतसहित पूर्वआईजीपीविरुद्ध जाहेरी दिने समाजवादीको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै समाजवादी नेपालका नेताहरूले प्रहरीमा जाहेरी दिने तयारी गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका यादवलाई नेकपा सांसद महेश बस्नेत, सांसद किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालले जनकपुरबाट अपहरण गरेको भन्दै समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव टेकु प्रहरीमा जाहेरी दिन लागेको समाजवादीका एक नेताले बताए ।

पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएको थियो । तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।

उनलाई बुधबार जनकपुरबाट अपहरण गरेको बताइएको छ । सा.सद यावले आफूलाई जन मार्ने धम्की आएको बताउँदै आएका छन् । उनले आफूलाई पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेको आरोप लगाउँदै आइरहेका छन् ।