सुरेन्द्र यादव अपहरण प्रकरणः सांसद बस्नेतसहित पूर्वआईजीविरुद्ध उजुरी दर्ता

सुरेन्द्र यादव अपहरण प्रकरणः सांसद बस्नेतसहित पूर्वआईजीविरुद्ध उजुरी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले अपहरण तथा शरीर बन्धक कसुरमा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ ‘किसन’ र पूर्व आइजिपी सर्वेन्द्र खनालबिरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको विषयमा प्राप्त उजुरी दर्ता गरेको छ ।

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणसम्बन्धी जाहेरी दर्ता भएको हो । जाहेरीको दर्ता नम्बर १०४७ रहेको छ ।

पूर्वस्वास्थ्य रहेका यादव अपहरण प्रकरणको उजुरी काठमाडौं प्रहरीले लिन नपाएपछि जनता समाजवादी पार्टीका नेताहरु वैशाख १६ गते सरकारी वकीलको कार्यालय पुगेका थिए ।

त्यस्तै  बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै निवदेन दिएका थिए ।

‘सत्ता र शक्तिका आडमा उनीहरूले मेरो ज्यान लिन सक्ने अझै पनि जोखिम छ,’ सांसद यादवले दिएको निवेदनमा भनिएको छ, ‘सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्छ ।’

पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएको थियो । तर गत बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।