प्रतिनिधिसभा सचिवमा अधिकारी नियुक्त

प्रतिनिधिसभा सचिवमा अधिकारी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सचिवमा सुरेश अधिकारीलाई नियुक्त गरेका छन् ।

मंगलबार अधिकारीलाई संविधानको धारा १०६ उपधारा (१) बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सभामुख देवराज घिमिरेले पूर्व सचिव अधिकारीलाई प्रतिनिधिसभा सचिव पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

यसैगरी, राष्ट्रपति पौडेलले संसद्को दुवै सदनको बैठकबाट पारित भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।