काठमाण्डु– काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी एसएसपी सुरेश काफ्लेले पाएका छन्।
यसअघि शान्तिराज कोइरालालाई सरुवा गर्ने निर्णय विवादमा परेपछि काफ्लेलेलाई प्रमुख बनाइएको हो ।
कोइरालालाई इन्चार्ज बनाउन मापदण्ड विपरीत हुने भन्दै काफ्लेलाई काजमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खटाउने निर्णय भएको स्रोतले जानकारी दियो ।
जेठ १८ मा प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले गरेको निर्णय अनुसार कोइरालालाई नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज (हाल जनकपुर) बाट ट्राफिक प्रमुखमा सरुवा गरिएपछि विरोध भएको थियो। कोइरालालाई इन्चार्जबाट इन्चार्ज नै दिइएको भन्दै विरोध भएको थियो ।
कोइरालालाई त्यहाँबाट अन्यत्र काज सरुवा गरिएको छ । यसअघि यहाँ कार्यरत नवराज अधिकारीलाई साइबर ब्युरो भोटाहिटी सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयको आन्तरिक मापदण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालय ‘क’ श्रेणीको कार्यालय हो भने प्रदेश कार्यालय वीरगन्ज ‘ख’ श्रेणीमा पर्छ । ख श्रेणी भए पनि कोइराला त्यहाँ इन्चार्ज थिए ।




प्रतिक्रिया