प्रतिनिधिसभा सचिव पदमा नियुक्तिका लागि पूर्व सचिव अधिकारी सिफारिस

प्रतिनिधिसभा सचिव पदमा नियुक्तिका लागि पूर्व सचिव अधिकारी सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्व सचिव सुरेश अधिकारी प्रतिनिधिसभा सचिव पदमा नियुक्तिका लागि सिफारिस भएका छन् ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अधिकारीलाई नियुक्तिका लागि सिफारिस गरेका छन् ।

नेपालको संविधानको धारा १०६ तथा संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन २०७५ को दफा ३ बमोजिम संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका–२ निवासी अधिकारीलाई सचिव पदमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा सचिव पदमप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त भएपछि २०८० माघ २३ गतेदेखि प्रतिनिधिसभा सचिव पद रिक्त छ ।