महाभियोगबारे देउवाका ज्योतिषीको भविष्यवाणी: कालसर्प योग परेकाले गठबन्धनलाई गम्भीर असर

महाभियोगबारे देउवाका ज्योतिषीको भविष्यवाणी: कालसर्प योग परेकाले गठबन्धनलाई गम्भीर असर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने निर्णय सत्ता गठबन्धनलाई नै प्रभावित पार्ने भविष्यवाणी गरेका छन् ।

सोमबार ज्योतिषी रिजालले महाभियोग दर्ता नै शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भीर असर पर्नसक्ने योग निर्माण भएको जानकारी दिएका हुन् ।

‘जबरालाई महाअभियोग दर्ता गरेको समय नै काल सर्प योगमा परेकाले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने देखिएको छ।’ रिजालले फेसबुकमा लेखेका छन् ।

रिजाल प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिने ज्योतिषी हुन् । प्रधानन्यायाधीश जबराको अपमानजनक बहिर्गमनको योग वर्तमान समयमा निर्माण नभएको उनको भनाइ छ । सत्ता गठबन्धनले आइतबार जबराविरुद्ध महाभियोग लगाएको थियो ।