बहुमूल्य रत्नपत्थरसहित सुर्खेतमा पाँच जना पक्राउ

बहुमूल्य रत्नपत्थरसहित सुर्खेतमा पाँच जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – साढे ११ केजी बहुमुल्य रन्तपत्थरसहित सुर्खेतमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर–१ बांगेसिमलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

वीरेन्द्रनगर–४ का ४० वर्षीय भीम बहादुर सुनार, ५ का ३० वर्षीय नबिन कडेल, वीननपा–८ का वर्षीय २८ सुरेन्द्र शाही, बराताल गाउँपालिका–८ का २६ वर्षीय भक्त बहादुर पाण्डे र ३२ वर्षीय तेजेन्द्र बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदिपबहादुर क्षेत्रीले बताए ।

पक्राउ परेका पाँच जनामाथि आवश्यक अनुसन्धान थालिएको उनले बताए । बरामत गरिएको पत्थर पहिचानका खानी तथा भूगर्भ विभागमा पठाइने भएको छ ।