सुरुङ इन्जिनियरिङ स्नातकोत्तरमा अब नेपालमै अध्यापन हुने


काठमाडौँ -नेपालमा सुरुङमार्गको बढ्दो आवश्यकतासँगै त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका पुल्चोक र पश्चिमाञ्चल क्याम्पस, पोखराले सुरुङ इन्जिनियरिङ विषय अध्यापनको तयारी थालेका छन् ।

पुल्चोक र पश्चिमाञ्चल क्याम्पसले स्नातकोत्तर तहमा छुट्टै कार्यक्रमका रूपमा सुरुङ विद्याको सम्भावना, पाठ्यक्रम, विज्ञको खोजीका लागि अध्ययन समिति बनाएका छन् । दुवै क्याम्पस आउँदो शैक्षिक सत्रदेखि नै कक्षा सुरु गर्ने तयारीमा छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

गण्डकी प्रदेश सरकारले सुरुङ इन्जिनियरिङको पाठ्यक्रम बनाउन पश्चिमाञ्चल क्याम्पसलाई १० लाख रुपैयाँ बजेट छुट्याएको छ । सुरुङमार्ग बनाउने दक्ष जनशक्ति देशमै उत्पादन हुन नसकेपछि त्यसको तयारी गर्न रकम विनियोजन गरिएको गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले बताए ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement