नापीका दुई कर्मचारी ११ हजार घुससहित पक्राउ

नापीका दुई कर्मचारी ११ हजार घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी – सुनसरी नापी कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् । सर्वेक्षक मागैन महतो र लेखापाल रामनारायण कोदारलाई नगद ११ हजार रुपैँया घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पक्राउ गरेको हो ।

नक्सा पास गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा उनीहरु पक्राउ परेका छन् । यस विषयमा थप अनुसन्धान चलिरहेको अख्तियार टोलीले जनाएको छ ।