काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले नेता माधवकुमार नेपाल अध्याँरो सुरुङमा पसेको बताएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले माधव नेपाल नेतृत्वको बागी समूह अँध्यारो सुरुङमा पसेको बताएका हुन् ।
‘माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेको छ, जसको बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन’, उनले भनेका छन् ।
नेता नेपालसँग न पार्टी न चुनाव चिन्ह नत राजनीति नै नभएकाले संयमित हुन थापाले सुझाव दिएका छन् ।
‘साथमा न पार्टी, न चुनाव चिन्ह, न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरूरी छ। नभए विजोग होला है’, उनले भने ।




प्रतिक्रिया