काठमाण्डु – नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले समानान्तर कमिटीहरुको घोषणाले माधव नेपाललाई अन्ततः माओवादी र प्रचण्डको पोल्टामा नै पुर्याउने टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका थापाले सामाजिक सञ्जालमार्फत केही नेताको कुण्ठा र विखण्डको पछि नलाग्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
उनले भनेका छन्, ‘समानान्तर कमिटीहरुको घोषणाले अन्ततः माओवादी र प्रचण्डको पोल्टामा नै पुर्याउने निश्चितप्रायः छ । नेकपा एमाले, जबज र सूर्य चिह्नको पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान हुन्छ । जनता दुई कदम अगाडि स्पष्ट छन्, केही नेताको कुण्ठा र विखण्डका पछि लाग्ने भूल कसैले नगरौं ।’
माधव नेपाल समूहले गण्डकी, वागमती र सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी घोषणा गरिसकेको छ भने अन्य प्रदेशमा पनि कमिटीहरु घोषणा गर्ने प्रक्रियामा रहेको छ ।




प्रतिक्रिया