छविलाललाई प्रचण्ड बनाउने ४ नेताको गौरवमय इतिहास

छविलाललाई प्रचण्ड बनाउने ४ नेताको गौरवमय इतिहास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सांसद पद गुमाएका चार जना मन्त्रीको प्रशंसा गरेका छन् ।

माओवादी पार्टी छाडी नेकपा–एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रशंसा गर्दै नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत छविलाललाई प्रचण्ड बनाउने तीनै नेताहरु भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी केवल पद प्रतिष्ठाको लागि राजनीति होइन, राजनीतिक निष्ठाको लागि सबथोक हैसियत त्याग गर्ने स्परिटसाथ लामो यात्रामा अघि बढ्नुभएको छ, उहाँहरूले हिजो छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएको गौरवमय इतिहास साक्षी नै छ ।’

माओवादीबाट सांसद बनेका उनीहरु पछिल्लो समय नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै ओली सरकारमा मन्त्री भएका हुन् ।