माधव नेपालसहित २३ नेतालाई सूर्य थापाले भने : एमाले सरकार ढाल्ने गद्धार

माधव नेपालसहित २३ नेतालाई सूर्य थापाले भने : एमाले सरकार ढाल्ने गद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले माधवकुमार नेपाल एमाले सरकार ढाल्ने गद्धार गएको टिप्पणी गरेका छन् ।

मंगलबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएपछि नेता नेपालले हात मिलाएर पहिलो बधाई दिएका थिए । सोही कुरालाई टिप्पणी गर्दै नेता थापाले माधव नेपाल आफ्नै पार्टीको सरकार ढालेर देउवाको बैशाखी बनेको आरोप लगाएका छन् ।

उनले सरकार ढाल्न एमालेभित्रका २३ जनाको गद्दारी गरेको भन्दै नाम पनि बताएका छन् । यो सबै २३ जना गद्दारीको परिणाम भएको भन्दै उनले वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, डा. भिम रावल, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायतको नाम लिएका छन् ।

‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको बैशाखी बन्ने र पहिलो बधाई दिन आतुर माधव कु.नेपालको निम्ति त यो हर्षविभोर क्षण होला!जनादेशविपरित परमादेशबाट श्री शेबदेको प्रममा नियुक्ति“हलो ताछी मुङ्ग्रो बनाएजस्तै“हो।यिनै २३को गद्दारीको परिणाम त हो!’, उनले भनेका छन् ।