काठमाण्डु — नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुर्य थापा प्युठानबाट चुनाव उठ्ने भएका छन् । थापालाई एमाले प्युठानले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाउनको लागि एकल नाम सिफारिस गरेको थियो ।
एमालेले शुक्रबार उनलाई प्युठानबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । थापा एमालेभित्र चुनाव जित्ने नेताको सूचिमा छन् । थापा एमाले प्युठानका जिल्ला इन्चार्ज समेत हुन् । उनि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुंदा प्रेस सल्लाहकार थिए ।
प्युठानबाट जनमोर्चाकी नेतृ दुर्गा पौडेल गठबन्धनको उम्मेदवार बन्ने लगभग निश्चित छ । त्यो अवस्थामा थापालाई जित्न सजिलो हुने आंकलन गरिएको छ ।एमाले प्युठानमा भोटको हिसावले समेत बलियो छ । थापा इन्चार्ज भएर गएसंगै प्युठानमा अरु पार्टीबाट एमाले प्रवेश गर्नेहरुको संख्या समेत ठुलो छ ।




प्रतिक्रिया