डोनाल्ड ट्रम्प बहादुरीका साथ पछि हटेः सूर्य थापा

डोनाल्ड ट्रम्प बहादुरीका साथ पछि हटेः सूर्य थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहादुरीका साथ पछि हटेको बताएका छन् ।

शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन सम्पर्कमा ट्रम्पले कोरोना भाइरसविरुद्ध मिलेर लड्ने प्रतिबद्धता जनाएपछि प्रेस सल्लाहकार थापाले फेसबुकमार्फत ट्रम्प बहादुरीका साथ पछि हटेको उल्लेख गरेका हुन् ।

‘राष्ट्रपति ट्रम्प ‘चाइनिज भाइरस’ वा ‘वुहान भाइरस’ नामाकरण गरेर चीनलाई केन्द्रीत गर्ने प्रयासबाट अब बहादुरीका साथ पछि हट्नु भएजस्तो लाग्यो,’ उनले लेखेका छन्, ‘खासमा भाइरसको यो समस्या चीनको वा चीन उद्गम स्रोत रहेको नभई वुहानमा चीनले पहिलोपल्ट सामना गरी परास्त गरिसकेको समस्याका रूपमा रहेको स्पष्ट छ । यो ‘चिनियाँ भाइरस’ नभएको हुनाले नै सबभन्दा बढी अमेरिका नै प्रभावित हुन थालेको छ ।’