काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेपाल कम्युनिष्ट पार्टीका नाममा स्थिरताविरूद्ध चलखेल भएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सल्लाहकार थापाले जनताले दुई तिहाईले जिताएको र नाङ्गो भागबण्डाले पार्टी हङ्ग भएको बताए ।
उनले भनेका छन्, ‘हङ्ग पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुईतिहाइ संख्यामा नेकपालाई जिताइदिए, नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पो भएछ । जनमतको घोर अपमान, भागबन्डाको स्वाभाविक परिणाम ।’
उनले सरकारविरुद्ध निरन्तर षडयन्त्र भइरहेको पनि उल्लेख गरेका छन् । ‘पार्टी एकता र त्यसपछिका सहमतिविपरीत षड्यन्त्र र छलछाम गर्ने शिलशिलाको पराकाष्ठा’, उनले भनेका छन्, ‘कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्ध जारी चलखेल, नेकपाको नाममा । लज्जाशरणम् !’




प्रतिक्रिया