काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपालले अदालतको निर्णय प्रभावित गर्न खोजेको आरोप लगाएका छन् ।
हिजो राति नेकपा एमालेको एकता सम्बन्धमा कार्यदलको बैठकमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारको फेसबुक स्टाटस एमालेमा सहमति गर्दा भएको छलफलको मर्म विपरित रहेको भन्दै नेता नेपालले ट्वीटरमार्फत आपत्ति जनाएका हुन् ।
त्यसलगत्तै थापाले लेखेका छन्, ‘मैले देउवा महोदयलाई लेखेको थिएँ, जवाफ चाहिँ अन्यत्रबाट आएछ, किन होला ? तथ्यमा उभिएर र सम्पूर्ण चिज हेरेर स्पष्ट धारणा बनाउनु राम्रो होला ! बरु एका बिहानै आएको टिप्पणी अदालतको निर्णय प्रभावित गर्न र देउवालाई आश्वस्त पार्न लेखेको देखें मैले त ! कसो होला ? फाटेको जालोले छेकेको ।’
नेता नेपालले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई आफु निकट २३ सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको प्रष्टिकरण दिएका छन् । उनले अदालतको निर्णयलाई प्रभावित पार्ने निर्णय आफूलाई मान्य नहुने अभिव्यक्ति आइतबारनै दिइसकेका छन् ।
नेता नेपालले जारी गरेको वक्तव्य
हिजो राती नेकपा एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ ।
अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पर्दछु ।
यस्तो छ सूर्य थापाको ट्वीट:
मैले देउवा महाेदयलाई लेखेंकाे थिएँ, जवाफचाहिँ अन्यत्रबाट आएछ, किन हाेला?
तथ्यमा उभिएर र सम्पूर्ण चिज हेरेर स्पष्ट धारणा बनाउनु राम्रो हाेला!बरू एकाबिहानै आएकाे टिप्पणी अदालतकाे निर्णय प्रभावित गर्न र देउवालाई आश्वस्त पार्न लेखेकाे देखें मैले त!कसाे हाेला?
फाटेकाे जालाेले छेकेकाे! pic.twitter.com/x3bJoIQ99U— Surya Thapa (@ThapajiSurya) July 12, 2021




प्रतिक्रिया