काठमाण्डु – अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तार कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
हाल जंगल क्षेत्र हुँदै जाने साँगा–बनेपा सडक खण्डमा धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको छ।
२५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न थालिएको हो ।
काभ्रेपलाञ्चोकको पूर्वी–दक्षणी क्षेत्र विपी राजमार्ग हुँदै आवागमन हुने सवारीसाधन काठमाण्डु–पूर्वी तराई गर्छन् । उत्तरी नाका तातोपानी पुग्न र सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ ।
सडक विस्तार भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ ।













प्रतिक्रिया