सुशान्तको मृत्युले विक्षिप्त बनेकी भाउजूको मृत्यु


एजेन्सी – बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनले विक्षिप्त बनेकी भाउजु सुधा देवीको निधन भएको छ । आइतबार आत्महत्या गरेका सुशान्तकी भाउजूको बिहारको पूर्णिया जिल्लास्थित पैतृक गाउँमा निधन भएकोहो ।

देवरको निधनको खबर सुनेकी सुधा सुधा देवी विक्षिप्त थिइन् । सोमवार अपराह्न मुम्बईमा जब सुशान्तको दाहसंस्कार हुँदै थियो तब गाउँमा भाउजुले पनि प्राण त्यागिन् ।

उनले देवरको आत्महत्याको खबरलाई सहन सकिनन् । सुशान्तको पैतृक गाउँ पूर्णिया जिल्लाको मलहीहामा पर्छ । भाउजु काकाको छोरा (दाई)की श्रीमती हुन् ।

उनको मृत्यु सुशान्तको दाहसंस्कार हुने क्रममा भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको अन्तिम संस्कार सोमबार मुम्बईमा भारी वर्षाका बीच गरिएको थियो । उनको अन्त्येष्टि पवन हंस श्मशान घाटमा गरिएको हो । उनको अन्त्येष्टिमा श्रद्धा कपूर, अभिषेक र उनकी पत्नी प्रज्ञा कपूर, वरुण शर्मा, मुकेश छाब्रा, विवेक ओबेराय जस्ता धेरै बलिउड व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

छोराको मृत्युको शोकमा रहेको परिवार बुहारीको पनि मृत्यु भएपछि थप शोकमा परेको छ । सुशान्तको असामयिक र अचानक निधनले प्रशंसक, परिवार र चलचित्रकर्मीहरुलाई स्तब्ध बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement