छोरालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै सुशान्तकी प्रेमिकाविरुद्ध सुशान्तका बुबाले दिए उजुरी


एजेन्सी – सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा अभिनेत्री रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता भएको छ ।

सुशान्तका बुवाले सुशान्तसँग पैसा लिएको र आत्महत्या गर्न प्रोत्साहन गरेको भन्दै पटनास्थित राजीवनगर थानामा सुशान्तकी प्रेमिकाविरुद्ध उजुरी दिएका हुन् ।

राजीवनगरका कार्यकारी थाना प्रभारी योगेंद्र रविदासका अनुसार सुशान्तका बुवा केके सिंहले जुलाई २५ मा उजुरी दिएका हुन् । सुशान्तका बुवाले रियाले सुशान्तलाई परिवारबाट टाढा राखेको र बैंक अकाउन्ट समेत आफ्नो नियन्त्रणमा राखेको आरोप लगाएका छन् ।

सुशान्तले आफ्नी दिदीलाई फोन गरेर रियाले आफ्नो मेडिकल डकुमेन्ट सार्वजनिक गरेर ‘पागल’ प्रमाणित गर्ने धम्की दिएकोबारे सुशान्तका बुबा केके सिंहले बताएका छन् । सुशान्तले जुन १४ मा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement