बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्त्येष्टी


एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्त्येष्टी गरिएको छ । ३४ वर्षीय राजपूतले मुम्बईस्थित आफ्नो घरमा आइतवार आत्महत्या गरेका थिए ।

राजपूतको सोमबार मुम्बईमा अत्येष्टि गरिएको छ । उनको शव यात्रामा बलिउड सेलिब्रेटी र कलाकार सहभागी भएका थिए । अन्तिम संस्कारको लागि उनको परिवार र आफन्त पटनाबाट मुम्बई आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१३ मा फिल्म काइ पो चे बाट फिल्म उद्योगमा प्रवेश गरेका राजपूतका एमएस धोनीः दी अन्टोल्ड स्टोरी, केदारनाथ र छिछोरे लगायतका फिल्महरू हिट भएका थिए । त्यसअघि उनी टीभी उद्योगका सफल कलाकार थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement