सुशान्त सिंह आत्महत्या प्रकरणः संजय लीला भंसाली पुगे पुलिस स्टेशन


एजेन्सी – सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा प्रहरीले संजय लीला भंसालीलाई सोधपुछ गरेको छ ।

सुशान्तलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै मुद्या दर्ता भएपछि मुम्वई प्रहरीले भंसाली र शेखर कपुरसँग सोधपुछका लागि बोलाएको हो । जय भंसाली करिब साढे १२ बजे गहिरो निलो रङको सर्ट, जिन्स र एन ९५ मास्क लगाएर पुलिस स्टेशन पुगेका छन् ।

उनी करिब ११ बजे जुहुस्थित आफ्नो अफिस पुगेर करिब एक घण्टा आफ्नो लिगल टीमसँग कुराकानी गरेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । सुशान्तलाई भंसालीसहित ८ जनाले आत्महत्या गर्न बाध्य पारेको भन्दै विहारमा मुद्या दर्ता गरिएको थियो ।

रिपोर्टका अनुसार भंसालीले ‘गोलियों की रासलीलाः रामलीला’ सुशान्तलाई अफर गरेका थिए । तर पछि उनले यो भूमिका रणवीरलाई दिए । उनले ‘बाजीराव मस्तानी’ का बेला पनि यस्तै गरेको उनीमाथि आरोप लागेको छ । मुम्बई पुलिसले भंसालीसँग यी दुबै फिल्मबारे सोधपुछ गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement