काठमाण्डु – पाटन संयुक्त क्याम्पसमा सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनवाट स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी भएका हुन ।
गत चैत ५ गते हुनु पर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिवार निर्वाचन गरिएको थियो । जुन निर्वाचनवाट बिष्ट ८४१ मतसहित बिजय भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार सुरेश जिसी भने ६७२ मतमा सिमित भएका छन् ।
सचिव पदमा अनेरास्ववियुका अभिनाष भण्डारी र कोषाध्यक्षमा अनेरास्वयुविकै तिलक बहादुर कुमाल विजयी भएका छन्। दुई जना सदस्य अखिल क्रान्तिकारीका विजयी भएका छन्।




प्रतिक्रिया