काठमाण्डु – राेजगारिका लागि भारत गएका कञ्चनपुरका २० वर्षीय सुशील बोहरा बेपत्ता भएका छन् । असोज ३० गते ब्याङ्लोरको जेपी नगरबाट जिल्लाको कृष्णपुर नगरपालिका -७ का २० वर्षीय बोहरा बेपत्ता भएको जयराज रावलले बताए ।
उनी करिब एक महिना आगाडि आफ्नै दाइ मोहन बोहरासँग रोजगारीका लागि पहिलो पटक कर्नाटक राज्यको ब्याङ्लोर पुगेका थिए । रावलका अनुसार उनी त्यहाँ होटलमा काममा लागेको केही दिनमा विवाद भएको र उक्त होटलबाट छोडेपछि बोहरा सम्पर्कविहीन भएका हुन् ।
रोजगारीको सिलसिलामा त्यही काम गर्ने रालवले भने, ‘उहाँ पहिलो पटक भारत आएका हुन् । उहाँलाई राम्रोसँग यहाँको भाषा पनि आउँदैन । होटलमा विवाद भएपछि उनी बेपत्ता भएका हुन् । हालसम्म हामीले भेटाएका छैनौँ । उहाँको घरपरिवार चिन्तामा छ । जसले उहाँलाई भेटाउनु भयो ७२५२८३९०२१ याे नम्बरमा सम्पर्क गर्नुहोला ।’




प्रतिक्रिया