वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।

घिमिरेलाई अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरेको सरकारले जनाएको छ । पर्यटन मन्त्रालय र सञ्चार मन्त्रालय सम्हालेका घिमिरेले पर्यटनमन्त्री योगेश भट्टराईले गठन गरेको नेपाल वायु सेवा निगम सुधार सम्बन्धी कार्यदलको संयोजक भएर पनि काम गरेका छन् ।  उक्त कार्यदलले असोज १ गते विस्तृत प्रतिवेदन बुझाएको थियो ।