कारबाहीमा परेका थिए आत्महत्या गरेका एसएसपी

कारबाहीमा परेका थिए आत्महत्या गरेका एसएसपी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका छन् ।

अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

संघीय प्रंहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ । घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रजिअ रिजालले बताए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।