दक्षिण कोरियाको राजदूत बन्न सुशील प्याकुरेलद्वारा अस्वीकार, भने – आश्चर्यचकित छु

दक्षिण कोरियाको राजदूत बन्न सुशील प्याकुरेलद्वारा अस्वीकार, भने – आश्चर्यचकित छु


काठमाण्डु – सरकारले दक्षिण कोरियाको राजदूतमा सिफारिस गरेका मानवअधिकारकर्मी सुशील प्याकुरेलले राजदूत बन्न अस्वीकार गरेका छन् ।

आईतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निवेदन दिएपछि प्रेस विज्ञप्ति जारी गरेर उनले आफूले सिफारिसबारे पूर्व संकेत समेत नपाएर आश्चर्यचकित भएको बताएका छन् ।

विज्ञप्तिमा उनले लेखेका छन्, ‘आजै प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको रावदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत दर्ता गराइसकेको छु ।’