सुशीला सरकारको ‘कूटनीति’ : भोलि नेपाली राजदूतसँग र पर्सि विदेश राजदूतसँग संवाद

सुशीला सरकारको ‘कूटनीति’ : भोलि नेपाली राजदूतसँग र पर्सि विदेश राजदूतसँग संवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी आन्दोलनको जगमा नयाँ सरकार गठन भएको १ महिना हुनै लाग्दा प्रधानमन्त्री सुशीला कार्कीले ‘कूटनीतिक’ सम्बन्धबारे चासो लिएकी छन् ।

परराष्ट्रमन्त्री नियुक्त नगरेको अवस्थामा प्रधानमन्त्रीले परराष्ट्र सचिव अमृत राईलाई सक्रिय तुल्याएर कूटनीतिक कार्य अगाडि बढाएकी छन् ।

प्रधानमन्त्री कार्कीले भोलि विदेशस्थित नेपाली राजदूतसँग भर्चुअल संवाद गर्ने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपाली राजदूतसँगको संवादमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्राथमिकता, बदलिँदो परिस्थिति र निर्वाचनको तयारीबारे छलफल गर्ने जनाइएको छ ।

प्रधानमन्त्री कार्कीले पर्सि नेपालस्थित विदेशी कूटनीतिक प्रतिनिधिसँग संवाद गर्ने तय भएको छ । विदेशी राजदूत र प्रतिनिधिसँग छलफल गर्दै नेपालको पछिल्लो परिस्थितिबारे जानकारी दिने र निर्वाचनको तयारीबारे जानकारी दिने बताइएको छ ।

मन्त्रिपरिषद् विस्तारका क्रममा प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालय आफैंसँग राखेकी छन् ।