राजनीतिक दलहरूसँग प्रधानमन्त्रीको छलफलमा को–को हुँदैछन् सहभागी ?

राजनीतिक दलहरूसँग प्रधानमन्त्रीको छलफलमा को–को हुँदैछन् सहभागी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीबारे राजनीतिक दलहरूसँग मंगलबार बालुवाटारमा छलफल गर्दैछिन् ।

छलफलमा राष्ट्रिय मान्यताप्राप्त दलहरूका शीर्ष नेतासहित निवर्तमान संसद्मा प्रतिनिधित्व गरेका अन्य दलका नेताहरू पनि सहभागी भइरहेका छन् ।

प्रधानमन्त्री कार्कीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलहरूको साझा प्रतिबद्धता सुनिश्चित गर्ने उद्देश्यले संवाद थालेकी हुन् ।

मंगलबारको छलफलमा नेपाली कांग्रेसका गगनकुमार थापा र प्रकाशशरण महत, नेकपा एमालेका शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा माओवादी केन्द्रका वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले र सोविता गौतम, नेकपा एकीकृत समाजवादीका राजेन्द्र गुरुङ, राप्रपाबाट मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र आमजनता पार्टीका चन्दन सिंह छन् ।

छलफलमा निर्वाचनका प्राविधिक पक्ष, आचारसंहिता, सुरक्षाको अवस्था र दलहरूबीचको सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।

छलफलमा केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई पर्यवेक्षकका रूपमा सहभागी गरिएको छ ।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीका साथमा गृह, रक्षा, कानून, सञ्चार र अर्थ मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने तयारी छ ।