काठमाण्डु – बर्दियाको बढैयाताल–४ दक्षिण भकारी गाउँकी युवतीले नागरिकताको अभावमा भोगेको न्यायिक–प्रशासनिक झमेलाका कारण आत्महत्याको बाटो रोजेको मर्माहत घटनाको गहिराइमा पुगेर अध्ययन गर्न प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्रीलाई निर्देशन दिएकी छन् ।
युवतीको मृत्यु र उनका ६१ वर्षीय बुवाको निधन भएको घटनापछि सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले घटनालाई समाज र राज्यका लागि ग्लानिको विषय भन्दै दु:ख व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले न्यायिक–प्रशासनिक झमेलाका कारण यस्तो अवस्था आएको भए देशको प्रधानमन्त्रीको रूपमा माफी मागेकी छन् ।
प्रधानमन्त्रीले नागरिकता लगायत लैङ्गिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य नहुने भन्दै न्यायको मार्गमा सबै पक्षलाई सहजीकरण गर्न आह्वान गरेकी छन् ।




प्रतिक्रिया