पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने जेनजीको निर्णय

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने जेनजीको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी पुस्ताका प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय गरेका छन् ।

देशभरका करीब ९ हजारभन्दा बढी प्रतिनिधि भर्चुअल बैठकमा सहभागी भएर कार्कीलाई सरकार प्रमुख बनाउन सहमति भएका हुन् ।

निरन्तर ६ घण्टाभन्दा बढी चलेको बैठकमा लामो छलफल भएको थियो । भर्चुअल सर्भेबाट सर्वाधिक मत पाएको आधारमा कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय भएको छ । बैठकको म्यान्डेटअनुसार जेनजीको तर्फबाट सुशीला कार्कीसँग थप छलफल गरेर अन्तिम निर्णयमा पुग्ने निर्णय भएको छ ।

उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन् । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोध र भ्रष्टाचार विरुद्धको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर नयाँ अन्तरिम सरकार गठनको प्रयास सुरु भएको छ ।