नयाँ सरकारका मन्त्री नियुक्तिमा अन्योल, आज प्रधानमन्त्रीको मात्रै शपथ

नयाँ सरकारका मन्त्री नियुक्तिमा अन्योल, आज प्रधानमन्त्रीको मात्रै शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा जाने मन्त्रीहरूको नाममा अन्योल हुँदा शुक्रबार प्रधानमन्त्रीको मात्रै शपथ हुने भएको छ ।

उच्च स्रोतका अनुसार जेनजी प्रतिनिधिबिच मन्त्रीहरूको नाममा सहमति नजुट्दा प्रधानमन्त्रीको मात्रै शपथ हुन लागेको हो ।

मन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याल, कुलमान घिसिङ, सुधन गुरुङ, बालानन्द शर्मा, आनन्दमोहन भट्टराईको नाम चर्चामा रहे पनि यकिन सहमति हुन नसकेको स्रोतले जनाएको छ ।