प्रधानमन्त्री कार्कीले शुक्रबार विभिन्न देशका राजदूत र नियोग प्रमुखहरूलाई सम्बोधन गर्ने

प्रधानमन्त्री कार्कीले शुक्रबार विभिन्न देशका राजदूत र नियोग प्रमुखहरूलाई सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले आउदो शुक्रबार विभिन्न विदेशी नियोगका राजदूत तथा नियोग प्रमुखहरूलाई सम्बोधन गर्ने भएकी छन्।

प्रधानमन्त्री कार्कीले शुक्रबार दिउँसो नेपालस्थित आवासीय राजदूत तथा नियोग प्रमुखहरूलाई सम्बोधन गर्ने भएकी हुन्।

विकसित पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ परराष्ट्र मन्त्रालयमै हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार ब्रिफिङ कार्यक्रममा काठमाण्डुमा रहेका विभिन्न २५ मुलुकका आवासीय राजदूतका साथै संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन कार्यालयका प्रमुख र सार्क महासचिव सहभागी हुनेछन्।

परराष्ट्रमन्त्रीले वर्तमान सरकारको परराष्ट्रनीतिको प्राथमिकताका अलावा २१ फागुनमा हुने निर्वाचन लगायतका बारेमा जानकारी दिने तयारी भएको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।