प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक बस्न लागेको हो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्नेछ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितका दलललाई पनि बोलाइएको छ ।

प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदै छ । राष्ट्रिय सभाको निर्वाचनका आगामी ११ माघमा हुँदै छ ।

निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्दै आएका छन् । यो विषयमा प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दलहरूसँग दलगत रूपमा समेत छलफल गरेकी छिन् ।