आज चौथो पटक मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन् मन्त्री

आज चौथो पटक मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन् मन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमण्डु – प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले शुक्रबार नै चार जना मनी थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले ४ जना मन्त्री थप्न लागेकी हुन् । कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरिनेछ ।

चौलागाईं नेपाली कांग्रेसको अपाङ्ग संघका अध्यक्ष हुन् । भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक हुन् भने श्रेष्ठ पर्यटन बोर्डकी पूर्व कर्मचारी हुन् ।

नवनियुक्त मन्त्रीहरूको शपथ शुक्रबार अपरान्ह गराउने तयारी छ ।

प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर मन्त्रिपरिषद् विस्तार गर्ने बताएकी थिइन् ।