प्रधानमन्त्रीले गरिन् पाथीभरा माताको दर्शन, शान्तिपूर्ण निर्वाचनको कामना

प्रधानमन्त्रीले गरिन् पाथीभरा माताको दर्शन, शान्तिपूर्ण निर्वाचनको कामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा माताको दर्शन गरेकी छन् । पूर्वी क्षेत्रको हिमाली जिल्लाहरूको भ्रमण सुरु गरेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान ताप्लेजुङ पुगेर पाथीभरा माताको दर्शन गरेकी हुन् ।

समाजिक सञ्जाल फेसबुकमा पाथीभरा दर्शन गरेको तस्विर सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले फागुन महिना निर्वाचनको महिना भएकाले पाथीभरा मातासँग शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेको उल्लेख गरेकी हुन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ताप्लेजुङ पुगेकी प्रधानमन्त्री कार्की नेतृत्वको टोलीले प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेकी हुन् । पाथीभरा दर्शनपछि प्रधानमन्त्रीले जिल्लास्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयको निरीक्षण गर्ने छिन् ।