भारतीय प्रधानमन्त्री मोदीले आज प्रधानमन्त्री कार्कीसँग टेलिफोन संवाद गर्ने

भारतीय प्रधानमन्त्री मोदीले आज प्रधानमन्त्री कार्कीसँग टेलिफोन संवाद गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग टेलिफोन संवाद गर्ने भएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार दुई प्रधानमन्त्रीहरूबीच बिहीबार टेलिफोन संवाद हुने भएको हो ।

मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटेर बधाइ दिँदै भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाएका थिए । सन्देशमा नेपाल–भारतबीचको मित्रता र सहयोगलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता मोदीले व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीमा कार्कीको नियुक्ति भएपछि उनलाई भेट्ने भारतीय राजदूत श्रीवास्तव नै पहिलो विदेशी कुटनीतिज्ञ हुन् ।

उक्त भेटमा दुवै पक्षबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।

भेटकै क्रममा भारतीय राजदूतले बिहीबार भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता गर्ने तयारी भइरहेको जानकारी गराएका थिए ।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री कार्कीको प्रशंसा गर्दै बधाई दिएका थिए ।

मोदीले भारतको मणिपुरमा भएको एक सार्वजनिक कार्यक्रममा नेपालमा असामान्य परिस्थितिमा नागरिक सरकार गठन भएकोमा स्वागत समेत गरेका थिए।