काठमाण्डु – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भेटवार्ता गरेका छन् ।
आईतबारको भेटमा प्रमुख राईले सबै किसिमका भ्रष्टाचारको छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् ।
भ्रष्टाचारलाई प्रमुख मुद्दा बनाएर चर्किएको जेनजी आन्दोलन सफल भएपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र प्रमुख राईबीच पहिलोपटक भेटवार्ता भएको हो । कतिपयले पुरानै अख्तियारले सबै भ्रष्टाचारको छानबिन नगर्ने भएकाले छुट्टै आयोग गठन गर्नुपर्ने माग उठाइरहेका बेला कार्की र राईबीच भेटवार्ता भएको छ ।
भेटमा राईले सबै भ्रष्टाचारको छानबिन गर्न अख्तियार तयार रहेको प्रतिबद्धता जनाएका स्रोतले जनाएको छ । यसअघि अख्तियारले राजनीतिक प्रभावमा परेर छानबिन र अभियोजन गर्ने गरेको आरोप लाग्दै आएको छ ।




प्रतिक्रिया