काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूवविदेशमन्त्री सुष्मा स्वराजको असामयिक निधनप्रति समवेदना व्यक्त गरेका छन् ।
सिंगापुरमा स्वास्थ्योपचार गराइरहेका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गर्दै आफु स्वराजको निधनको खबरले स्तब्ध भएको बताएका छन् ।
यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि स्वराजको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले दिवंगत नेत्रीलाई प्रतिवद्धता र दृष्टिकोणयुक्त व्यक्तित्वका रुपमा चित्रण गर्दै नेपाल–भारत सम्बन्ध विस्तारमा उनले निर्वाह गरेको भूमिकाको स्मरण गरेका छन् ।




प्रतिक्रिया