सुष्मा स्वराजको निधनप्रति राप्रपाद्धारा दुख व्यक्त


काठमाडौं – भारतका पूर्वविदेशमन्त्री एवम् भारतीय जनता पार्टी(भाजपा) की वरिष्ठ नेत्री सुष्मा स्वराजको निधनप्रति राप्रपाले दुख व्यक्त गरेको छ ।

राप्रपा अध्यक्ष कमल थापाले एक विज्ञप्ति जारी गर्दै नेपाल भारत सम्बन्ध सुदृढ तुल्याउन सुष्माको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

त्यस्तै थापाले विगतको कठिन समयमा दुई देश बीचको सम्बन्ध बिग्रन नदिन स्वराजले खेलेको भूमिका र उनीसँग समकक्षीको रुपमा आफुले गरेको सहकार्य स्मरणमा ताजा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement