जसले फेसबुक लाइभ गरेर अात्महत्या गरे

जसले फेसबुक लाइभ गरेर अात्महत्या गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–चितवनकाे कालिका नगरपालिकाका २६ वर्षीय निश्चल तामाङले फेसबुक लाइभ गरेर आत्महत्या गरेका छन्।

उनले अाइतबार राति साढे ९ बजेबाट लाइभ सुरु गरेर आत्महत्या घोषणा गरेका थिए। लाइभ फेसबुकका सयौं साथीले हेरे पनि उनलाई बचाउन सकेनन्।

राति साढे १ बजे निश्चलका बुवा जीवनले थाहा पाएर छोराको कोठामा पुग्दा उनको मृत्यु भइसकेको थियो।

मृतक निश्चल लागुऔषध दुर्व्यसनी भएको पाइएको छ। उनी सुधारगृहमा समेत बसेका थिए।

निश्चलको कोठामा रक्सीको बोतल समेत फेला परेको प्रहरीले जनाएको छ।  उनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

 उनको पोष्टमार्टमपछि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ