भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजकाे निधन

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजकाे निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली-  भारतीय जनता पार्टीकी वरिष्ठ नेता एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ। हृदय घातका कारण  मंगलबार उनको निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्। उनलाइ अचानक हृदय घात भएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो। तर स्वास्थ्य खराबका कारण उनलाइ अस्पतालले बचाउन सकेन।

केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धन तथा केन्द्रीय सदस्‍य नितिन गडकरी एम्स अस्पतालमा पुगेका छन्। साथै सुष्माको श्रीमान र उनका परिवारका सदस्‍यहरु पनि अस्पताल पुगिसकेका छन्।