भारतबाट गोली हान्न नेपाल प्रवेश गरेका सुटर प्रहरी नियन्त्रणमा, यस्तो थियो योजना ?

भारतबाट गोली हान्न नेपाल प्रवेश गरेका सुटर प्रहरी नियन्त्रणमा, यस्तो थियो योजना ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– गोली हान्न आएको आशंकामा प्रहरीले काठमाडौंबाट दुई भारतीय युवकलाई पक्राउ गरेको छ । आतंकवादसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको विशेष ब्युरो (एसबी) ले शनिबार दिउसो जोरपाटी नारायणटारबाट उनीहरूलाई पक्राउ गरेको हो ।

 

 

 

पक्राउ पर्नेमा रक्सौलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादव छन् । उनीहरूलाई सार्वजनिक अपराध मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद लिई प्रहरीले अनुसन्धान अघि बढाइएको छ ।

 

सुटर भएको आशंका

पक्राउ परेका दुवै नारायणटारमा गार्मेन्टसम्बन्धी व्यवसाय गर्ने लाल महम्मद सुरको कारखानामा जबर्जस्ती छिरेका थिए । कारखानामा गएर आफूलाई उनीहरूले मार्ने धम्की दिएको सुरले बताएका छन् । उनले प्रहरीमा जाहेरीसमेत दिएका छन् । सर्लाही घर भएका सुरले उनीहरूले हत्या गर्न खोजेको भन्दै आइतबार महानगरीय प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका हुन् ।

 

विशेष ब्युरो घटनास्थलमा

स्थानीय प्रहरीलाई थाहा नहुनु, तर उनीहरूलाई विशेष ब्युरोले पक्राउ गर्नु रहस्यमय रहेको प्रहरी अधिकारीहरू बताउछन् । स्रोतका अनुसार पक्राउ परेका दुवैजना सुटर हुन् । सुरलाई गोली हान्न निगरानीका लागि आएको प्रहरी स्रोतको दाबी छ । विशेष ब्युरोका प्रमुख डिआइजी हेमन्त पालले दुई भारतीय युवकलाई आफूहरूले पक्राउ गरेको स्विकारे, तर थप विवरण दिन मानेनन् ।

 

 

 

पक्राउ परेकालाई बौद्ध वृत्तमा बुझाइएको उनको भनाइ छ । सुरुमै विशेष ब्युरोले थाहा पाउनुमा भारतीयबारे पहिले नै जानकारी भएको हुन सक्ने आशंका गरिएको छ । ब्युरोले भारतको पक्षमा काम गर्दै आएको आरोप लाग्दै आएको छ ।

को हुन् सुर

करिब ४५ वर्षीय सुरको नारायणटारमा झोला बनाउने उद्योग छ । उनको केही अन्तर्राष्ट्रिय समूहसंग सम्बन्ध रहेको आशंकामा भारतीय नागरिक निगरानीमा आएको प्रहरी आशंका छ ।

 

 

 

पक्राउ परेका दुई युवकले एक बच्चा हराएको र उसलाई खोज्न आफूहरू त्यहा गएको दाबी गरेका छन् । पक्राउ परेकालाई छाड्न दबाब आएपछि प्रहरीले गोप्य रूपमा सार्वजनिक मुद्दा चलाएको छ ।

नयां पत्रिकाबाट