सुटकेश भित्र शव फेला : भारतमा बिहे गरेकी रुवी माइतमै बस्दै आएकी थिइन्

सुटकेश भित्र शव फेला : भारतमा बिहे गरेकी रुवी माइतमै बस्दै आएकी थिइन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रौतहटको मुडवालाबा मोड नजिक आइतबार फेला परेको सुटकेश भित्र महिलाको शवको सनाखत भएको छ।

शव रौटहटकै माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको रहेको खुलेको हो ।

रुवीको भारतको मजफरपुरमा विवाह भएको र उनी अहिले माइती घरमै बस्दै आएकी बताइएको छ ।

गौर नगरपालिका–९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत डोरीले बाँधिएको अवस्थामा सुटकेश फेला परेको थियो । सुटकेश खोलेर हेर्दा महिलाको शव फेला परेको हो ।

घाँटी कसेर रुवीकुमारीको हत्यापछि शव सुटकेसमा राखिएको अनुमान प्रहरीले गरेको छ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ। हत्या कसले र किन गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।