काठमाण्डु- जेन जी आन्दोलनमा भक्तपुरको बालकोटस्थित घर आन्दोलनकारीले जलाएपछि नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सूर्यविनायक नगरपालिको गुन्डू–७ मा बसाई सरेका छन् ।
उनी त्यहाँ भाडामा डेरा लिएर बस्न थालेपछि नगरपालिकाले सबै वडामा भाडामा बस्ने सबैलाई आफ्नो ३ पुस्ते विवरण खुलाउन आग्रह गरेको छ ।
नगरपालिकाका वडा कार्यालयहरूले सुरक्षाको कारण देखाउँदै ३ पुस्ते विवरण खुलाउन धमाधम सूचना जारी गरेका छन् ।
सूचनामा घरधनीहरूले बहालमा बस्नेको नागरिकताको फोटोकपी, पारिवारिक विवरण, पेसा तथा व्यवसाय लगायतका विवरण सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्ने जनाइएको छ ।
वडा ५ले यस्तो सूचना निकालिसकेको वडाअध्यक्ष राजकुमार जोशीले जानकारी दिए । उनका अनुसार कार्यपालिकाको बैठकबाटै घरधनीहरूले बहालमा बस्नेको विवरण वडा कार्यालयमा बुझाउनु पर्ने निर्णयअनुसार नै सूचना निकालिएको हो ।
१० वडा रहेको सूर्यविनायक नगरपालिकाको बडा ७ गुन्डुमा अध्यक्ष ओली डेर भाडामा लिएर बस्न थालेपछि शान्ति सुरक्षालाई ध्यानमा राख्दै यस्तो सूचना जारी गरिएको एक वडाध्यक्षले बताए ।





प्रतिक्रिया